साहित्यिक बनभोजमा ‘सुनियो–सुनाईयो’(फोटो फिचर)

चैत्र–१४, खोटाङमा साहित्यिक बनभोजको आयोजना गरिएको छ । साहित्यिक क्रियाशीलता र गतिबिधिलाई गति प्रदान गर्नका लागि जिल्लाका क्रियाशील श्रष्टाहरुले दिक्तेल नजिकैको एक पर्यटकीय स्थलमा पुगेर साहित्यिक बनभोजको आयोजना गरेका हुन् ।

आ–आफ्नो गोजीबाट खर्च संकलन गरेर रामनवमीको अवशरमा आयोजना गरिएको साहित्यिक बनभोजमा दिनभर सिर्जना ‘सुन्ने सुनाउने’ कार्यक्रम सञ्चालन गरिए । शनिबार बिहानको पारिलो घाममा सुरु गरिएको कार्यक्रम साँझको चिसो सिरेटो चल्न थाल्दासम्म जारी रह्यो । सुस्त बनेको जिल्लाको साहित्यिक माहोललाई थप क्रियाशील बनाउनकालागि साहित्यिक बनभोजको आयोजना गरिएको खोटाङ गजल मञ्चका सचिव

प्रमोद श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार ‘पछिल्लो समय जिल्लाको साहित्यिक माहोल अलि सुस्त बनेको छ, यसलाई गति दिन पनि फरक किसिमको कार्यक्रम आयोजना गरिएको हो ।’ कार्यक्रमले साहित्यका पूराना, हाल लेखीरहेका र सिकारु गरी तीन पुस्ताका श्रष्टालाई एउटा खुल्ला चौंरको गोलो घेरामा आमनेसामने हुने अवशर जुटाएको छ । जिल्लाका श्रष्टाहरुबीच जमघट गराउँदै साहित्यिक माहोल सिर्जना गर्नका लागि आयोजना गरिएको साहित्य सुन्ने सुनाउने कार्यक्रमले साहित्यका क्षेत्रमा भावी योजना बनाउन समेत सहयोग पुग्ने श्रेष्ठको भनाई छ ।
कार्यक्रममा राष्ट्रबाद, मायाँ प्रेम, सदभाव, मिलन, बिछोडको भाव समेटिएका फरक–फरक स्वादका कबिता, गीत, गजल, मुक्तक, हाइकु बाचन गरिए, सुनाइए । समर्थनमा ‘वाही–वाही’का साथमा पर्र ताली पड्की रहे । साहित्यकार जसराज किरातीलाई प्रमुख अतिथि बनाइएको कार्यक्रममा एमसी सुमित, रमेशचन्द्र राई, रोशन राई, शरण खत्री मृदुल, रेखा क्षितीज, जीवन राई ज्वाला, बोधराज पौडेल, तेजना शैंजू, शारदा पहाडी, नबिन संघर्ष, चित्र सुबेदी, प्रमोद स्नेही, युगसन तन्हाई, सबिता भुजेल, नारायण ढकाल, हरिप्रसाद पाण्डे, फुर्गेली शेर्पा, कोपिला थुलुङ, सिता थुलुङ लगायतका नयाँ तथा पुराना पुस्ताका श्रष्टाहरुले एकै थलोमा बसेर आ–आफ्नो सिर्जना बाचन गरे र अरुलाई सुनाए ।
कार्यक्रमको बीचबीचमा दृष्टिबिहीन गायिका सुस्मिता राई लगायतका पुर्वेली सांगीतिक कला केन्द्रमा आवद्ध कलाकारले गीत गाएर मनोरञ्जन दिलाए भने, सुभचन्द्र राईले हाँस्यव्यांग्यमार्फत सहभागीलाई हँसाएका थिए । कार्यक्रममा छन्दोबद्ध कबिता र बहरमा लेखिएका गजल समेत सुनाइएको थियो । सिर्जना बाचनसँगै श्रष्टा फुर्गेली शेर्पाले आयोजकलाई ‘ह्याप्पी फण्ड’ स्थापनाकालागि एक हजार पाँच रुपैयाँका साथमा पत्रकार बिजयकुमारले लेखेको पुस्तक ‘खुसी’ प्रदान गरे ।
नेपाली साहित्यका क्षेत्रमा खोटाङले कमाएको ‘नाम र साख’ जोगाउनकालागि सबैको फुर्सद मिल्नेगरी शनिबार पारेर साहित्यिक बनभोजको आयोजना गरिएको आयोजक समितिकी सदस्य सबिता भुजेलले बताउनु भयो । सामुहिकरुपमा आयोजना गरिएको सुन्ने–सुनाउने कार्यक्रमले जिल्लाका श्रष्टालाई थप क्रियाशील बनाउन योगदान पु¥याएको साहित्यकार जसराज किरातीले बताउनु भयो । ‘यस्तो कार्यक्रम जान्ने र जान्न सिकाउने एउटा गतिलो माध्यम हो,’ किरातीले भन्नुभयो, ‘सहित्यलाई उकास्ने राम्रो चरित्र र अवशर हो यो ।’
सुन्ने सुनाउने कार्यक्रममा सहभागी श्रष्टाहरुको एक झलक । तस्बिरः हाम्रो खोटाङ डटकम