खोटाङ सेवा समाज कतारका पूर्व अध्यक्षको सम्मानसहित बिदाई

खोटाङ सेवा समाज दोहा कतारले समाजका पूर्व अध्यक्ष तथा संस्थाका प्रमुख सल्लाहकारलाई सम्मानसहित बिदाई गरेको छ ।

एक कार्यक्रमको आयोजना गरि समाजले २६ मार्च २०१५ का दिन सम्मानसहित बिदाई गरेको हो ।
दोहाको जैद्धा पार्कमा एक कार्यक्रम गरि पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार मनि प्रसाद आचार्यले  कतारको बसाई अन्त्य गर्दै मातृभूमि फर्कने भएपछि सम्मान तथा बिदाई कार्यक्रम गरिएको हो । 
कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश गुरुङको सभापतित्वमा आयोजित सो कार्यक्रमको विशेष अतिथिमा आचार्य रहेका थिए ।
सो कार्यक्रममा प्रमुख अतिथि सस्थाका सस्था संरक्षक राम गुरुङ, अतिथि संस्थाका सल्लाहकार चन्द्र शेर राईको आतिथ्यता रहेको थियो । साथै सो कार्यक्रममा संस्थाका कार्यसमिति र साधारण सदस्यहरुको बाक्लो उपस्थितिले आचार्यको बिदाई तथा सम्मानलाई भव्य बनाएको थियो।
प्रवासको बसाईलाई अन्त्य गर्दै स्वदेश फर्कन लाग्नु भएका आचार्यलाई  सम्मानपछि शुभकामना दिँदै प्रमुख अतिथि, अतिथि तथा प्रथम उपाध्यक्षहरुले सामाजिक अभियानमा आचार्यले देखाएको क्रियाशिलताले सबैलाई प्रभावित पारेको भन्दै सो क्रियाशिलता अझ बढेर जाने आशा राखेका थिए ।
त्यस्तै विशेष अतिथि आचार्यले भौतिक रुपमा टाढा रहेपनि भावानात्मक रुपबाट आफू कहिल्यै टाढा नरहने भन्दै समाजले आफूलाई दिएको यो सम्मानले भावुक बनाएको उल्लेख गरे । उनले भने सामाजिक अभियानबाट आफूले धेरै सिकेको, अनुभव बोकेको हुँदा आफू सन्तुष्ट रहेको उल्लेख गरे। साथै आफ्नो गृह जिल्लामा गएर पनि सोहि सस्थामा रहेरसामाजिक कार्य गर्ने प्रतिबद्दता गरे ।  उहाँको कार्यकालमा स्थापना गरेको सस्थाको राहत कोषलाई अझै बृहत रुपमा बढाउन सन्देश पनि दिएका थिए।
कार्यक्रममा अतिथि चन्द्र शेर राईले वहाँलाई खादा ओढाएर र प्रमुख अतिथि राम गुरुंगले संस्थाको तर्फबाट कदर पत्र प्रदान गरेका थिए । कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष गुरुङ  भने– आचार्यले संस्थाप्रति, समाज प्रति देखाउनु भएको बाटोमा लाग्न उपस्थित संस्थाका सम्पूर्ण सदस्यहरुलाई आग्रह गर्दै आचार्यको नेपाल बसाई, सफल, सुखी र समृद्ध बनोस भन्ने शुभकामना दिएका थिए । 
सो कार्यक्रम संस्थाका महासचिव रुद्र प्रसाद आचार्यले सञ्चालन गरेका थिए भने सो कार्य कार्यक्रमको स्वागत  मन्तब्य संस्थाका दितिय उपाद्क्ष एक राज राईले दिएका थिए ।