चैत्र–२३, खोटाङमा तीन दिनदेखि अवरुद्ध बिद्युत सुचारु भएको छ । शनिबार दिउँसो आएको हावाहुरीले उदयपुरको रसुवादेखि दिक्तेलबीचको ३३ केभी प्रशारण लाइनमा क्षति पुर्याएका कारण जिल्लामा विद्युत अवरुद्ध भएको थियो ।
प्राधिकरणका अनुसार दिक्तेलको हाटडाँडा, हलेसीको डाँडाँगुठ, लामीडाँडाँको तिर्पा, दोर्पाको बुवासुङ, खाल्लेको छापडाँडा, सल्लेको चिचिङ्गा लगायतका ठाँउका पोल ढल्नुकासाथै विद्युतको तार चुँडिएको छ।
बिद्युत सुचारु भए संगै जिल्लामा सञ्चालित दुई वटा एफएम, साप्ताहिक र पाक्षिक पत्रिका, सरकारी तथा गैर–सरकारी कार्यालयको कम्प्युटरसम्बन्धी काममा सहज भएको छ ।