
चैत्र–२३, तिस दलिय गठ्बन्धनमा आवद्ध खोटाङका दलहरुले मंगलबारदेखि तिन दिनसम्म आम हड्ताल गर्ने घोषणा गरेका छन् । पहिचान सहितको संबिधान निर्माणका लागि ताकेता गर्दै तिन दिने बन्दको आह्वान गरेका हुन् ।
सदरमुकाम दिक्तेलस्थित थ्रि ब्रदर्स होटलमा सोमबार पत्रकार सम्मेलन मार्फत मोर्चामा आवद्ध दलहरुले पहिलो चरणको दवाव मुलक आन्दोलन सकिएपछि दोश्रो चरणको आन्दोलन अन्तरगत बन्दको आह्वान गरेको जनाएका छन् ।
काँग्रेस र एमालेले देशलाइ मुठभेट र द्वन्द्वमा धकेलेको आरोप लगाउँदै सम्पूर्ण शैक्षिक संस्था, उद्योगधन्दा कलकारखाना, यातायात तथा सम्पूर्ण सार्वजनिक कार्यक्रमहरु बन्द गरि हड्तालमा साथ दिन गठबन्धनमा आवद्ध एनेकपा माओवादीका जिल्ला अध्यक्ष पृथ्वी किरातिले जानकारी दिनुभयो । बन्दपश्चात पनि मागमा सरकारबाट बेवास्था गरिए बन्दको समयमा कुनैपनि घटना घटेमा आफुहरु जिम्मेवार नहुने संघिय समाजबादीका केन्द्रिय सदस्य सनबहादुर राईले बताउनु भयो ।