चैत्र–२४, चट्याङले सामुदायीक रेडियो हलेसी एफ.एमको सामानमा क्षति पुर्याएको छ । चट्याङले एफ.एमको बिभिन्न उपकरण जलाएपछि दुई लाख बरावरको क्षेति भएको हो । गत चैत्र १८ गते साँझ परेको चट्याङले एफ.एमको वायरलेस डिभाइस र रिसिभ डिकोडर जलाएपछि अहिले एफ.एमको सम्पूर्ण प्रसारण रोकिएको छ ।
बाम्राङस्थित मुडेडाँडामा रिपिटर टावर रहेको एफ.एम दिक्तेलबजारस्थित त्रिवेणीचोकबाट प्रशारण हुँदै आएको थियो । चट्याङले एफ.एमको विभिन्न उपकरणमा जलाएपछि दुई लाख बरावरको क्षेति भएको सञ्चालक समितिका कार्यबाहक अध्यक्ष राजन लयालुले जानकारी दिनुभयो ।
बजारबाटै रिपिटर लिङक मार्फत प्रशारण हुँदै आएको एफ.एमको सामान नआउन्जेल रिपिटर टावर मार्फत मुडेबाटै सञ्चालन गर्ने तयारी गरिएको सैंजूको भनाइ छ । उहाँले भन्नुभयो, “सामान खरिद गरेर ल्याउन केहि दिन लाग्ने भएकाले बिहीबारबाट रिपिटर टावर मार्फत नियमित प्रशारण गर्ने तयारी गरिरहेका छौं, सदरमुकामदेखि टाढा भएकाले समस्या भइरहेको छ ।”
पानीसँगै परेको चट्याङले रुपाकोट रेडियोको समेत कम्प्युटर, राउडर र ट्रान्समिटरमा क्षति पुगेको जनाइएको छ । रुपकोट रेडियोको दुईवटा ट्रान्समिटर भएकाले प्रशारण भने, बन्द भएको छैन ।