किशोरीलाई बलात्कार गर्न खोज्ने पक्राउ

चैत्र–३०, खोटाङमा स्थानीय एक किशोरीलाई जबरजस्ती बलात्कार गर्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । स्थानीय १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गर्न खोजेको आरोपमा दुर्छिम–६ का ५० वर्षिय राजेन्द्रकुमार राई पक्राउ परेका हुन् । 
गत चैत्र २८ गते राती आफ्नै कोठामा सुतिरहेकी किशोरीलाई जबरजस्ती बलात्कार गर्न खोजेको भन्दै ईलाका प्रहरी कार्यालय हलेसीमा जानकारी आएपछि राइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्धा साखाका सहि यादव गौतमले बताउनु भयो ।
पिडीत किशोरीले दिएको जानकारी अनुसार राईलाई आईतवार पक्राउ गरिएको गौतमको भनाइ छ । आफुलाई जवरजस्ती गर्न खोजेको भन्दै  किशोरीले सोमवार जिल्ला प्रहरी कार्यालयमा जाहेरी पेश गरेकोले राईलाई जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यसैबिच, दुर्छिमकै १३ वर्षिया बालीकालाइ  गत फागुन २९ गते जवरजस्ती गर्न खोज्ने दुर्छिम ५ का ५२ वर्षीय भर्तबहादुर राईलाई आइतवार कारागार चलान गरिएको छ ।