बैशाख–६, राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एबं पुर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको निधनमा राप्रपा खोटाङले दुःख व्यक्त गरेको छ । 
राप्रपाका जिल्ला अध्यक्ष ललितकुमार राई जीवनले बिहिबार विज्ञाप्तीमार्फत थापाको निधनप्रति दुःख व्यक्त गरेका हुन् । थापाको निधनले सिंगो पार्टी संगठन र राष्ट्रलाई अपुरनीय क्षती पुगेको भन्दै राप्रपाले दुःख प्रकट गरेको छ । 
विज्ञाप्तीमा थापाले पार्टीलाई पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दैै श्रद्धाञ्जली अर्पण गरिएको छ । २०८४ साल फागुन–५ गते जन्मिएका थापाको गत बुधबार मुत्यु भएको थियो ।