खोटाङ असार–१, राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले भ्रष्टाचारको अन्त्य तथा महंगी नियन्त्रण लगायतका माग राख्दै नाराजुलुस सहित सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नाराजुलुससहित जिल्ला प्रशासन कार्यालय पुग्नुभएका जिल्ला अध्यक्ष ललितकुमार राईले प्रमुख जिल्ला अधिकारी फणिण्द्र दहाल मार्फत प्रधानमन्त्री लाई १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउनुभएकोे हो ।

बुधबार बुझाईएको ज्ञापनपत्रमा किसानलाई समयमा नै मल र बीउ उपलब्ध गराईनुपर्ने, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसमा भईरहेको श्रृखलाबद्द मूल्यबृद्दि अबिलम्ब रोकिनुपर्ने लगायतको माग राखिएको छ । जनजीबिकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुका साथै राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन र समृद्दिको निमित्त १९ बुँदे माग राखिएको बिज्ञप्तीमा उल्लेख छ ।

बुँदागत मागहरु तत्काल पूरा नगरिएमा देशब्यापी जनसंघर्ष गर्न पार्टी बाध्य हुने भन्दै जिल्ला अध्यक्ष राईले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्रीलाई सम्बोधन गरिएको उक्त ज्ञाफनपत्र तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले प्रतिबद्दता जनाउनुभएको छ