राहत रकम संकलन सुरु(फोटो फिचर)

बैशाख–१९, जिल्लाका भूकम्प पिडितको सहयोगार्थ खोटाङमा राहत रकम संकलन सुरु गरिएको छ । गत शनिबार गएको भूकम्पका कारण घर भत्किएपछि बिस्थापित भएका सर्वसाधारणको सहयोगार्थ जिल्लाका राजनैतिक दल तथा गैर–सरकारी संघसंस्थाहरुले सामुहिकरुपमा राहत रकम संकलन सुरु गरेका हुन् । 
दिक्तेलमा भूकम्प पिडितको सहयोगार्थ राहत रकम संकलन गरिदै ।
तस्बिरः हाम्रो खोटाङ डटकम 
उनीहरुले शनिबार सदरमुकाम दिक्तेलको हाटडाँडाबाट बैंकचोक, त्रिबेणीचोक, पूरानो बेस क्याम्प हुँदै रत्नपार्क क्षेत्रमा राहत रकम संकलन गरिरहेका छन् । बजार क्षेत्रभित्रबाट संकलन भएको रकम भूकम्प पिडितलाई जिल्ला प्रशासन कार्यालय वा अन्य गैर–सरकारी संस्थामार्फत प्रदान गर्ने तयारी गरिएको खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । ‘भूकम्प पिडितका लागि राहत संकलन गरिरहेका छौँ,’ अध्यक्ष लयालुले भन्नुभयो, ‘संकलन भएको रकम प्रशासन वा अन्य संस्थामार्फत प्रदान गर्ने भन्ने टुंगो लाग्न बाँकी छ ।’ 
जिल्ला दैबी प्रकोप उद्धार समितिको पछिल्लो तथ्यांक अनुशार भूकम्पले खोटाङका एक हजार १ हजार ४८८ घरका ९ हजार ४७५ जना बिस्थापित भएका छन् । भूकम्पले पु¥याएको क्षतीको बिबरण अझै आउनेक्रम जारी छ । मानवीय क्षती नभएकै आधारमा खोटाङलाई कम प्रभाबित जिल्लामा राखिएको भन्दै जिल्लाबासी असन्तुष्ट छन् । ठूलो भौतिक क्षती भएको कारण खोटाङलाई पनि अतिप्रभाबित क्षेत्रमा राख्नकालागि प्रशासनमार्फत माग गरिने कांग्रेसका जिल्ला सभापति बिष्णुकुमार राईले बताउनु भयो । ‘हजारभन्दा बढि घर बस्नै नमिल्नेगरी भत्किएका छन्, हजारौं बिस्थापित भएका छन्,’ सभापति राईले भननुभयो, ‘मान्छे मरेन भन्दैमा यस जिल्लालाई कम प्रभाबितमा राख्नु उपयुक्त होईन, यसलाई पनि प्रभावित क्षेत्रमा समावेसका लागि माग गर्ने तयारी गरेका छौँ ।’ जिल्लालाई कम प्रभाबितमा राखेको भन्दै दल र संघसंस्थाले जिल्लाका भूकम्प पिडितको सहयोगकालागि राहत संकलन सुरु गरेको हो । 
यसैबीच, खोटाङका भूकम्प पिडतलाई राहत बितरणका काम तिब्र पारिएको छ । प्रशासनले राहत रकम तथा रेडक्रस र बाणिज्य संघले पाल, कम्बल वितरण गरिरेको छ । जिल्लाको नुनथला, खार्पा, लामीडाँडा, चिसापानी, कुभिन्डे, अर्खौले, बाक्सिला, डुम्रेधारापानी, सल्ले, ऐसेलुखर्क लगायतका गाबिसका भूकम्प पिडतलाई गाउँमै पुगेर राहत वितरण भइरहेको रेडक्रस सभापति कुमारसिं बस्नेतले बताउनु भयो । जिल्लामा राहत वितरणमा ढिलाई गरिएको भूकम्प पिडितको गुनासो छ ।