
बैशाख–२३, सिरानीमा भरुवा बन्दुक राखेर सुतेको अवस्थामा पक्राउ परेका खोटाङका एक व्यक्ती धरौटीमा छुटेका छन् ।
भरुवा बन्दुकको सिरानी लगाएर सुतीरहेको अवस्थामा गत चैत्र–३० गते पक्राउ परेका जालपा–७ का ३० वर्षीय अबिश्वर राई धरौटीमा रिहा भएका हुन् । प्रहरीचौकी जालपाले नियन्त्रणमा लिएका राई ६० हजार एक सय ५५ रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएको जिल्ला प्रसासन कार्यालय खोटाङका मुद्दा शाखाका खरिदार केशव राईले बताउनु भयो ।
राईले बाँदरलाई तर्साएर धपाउनका लागि बन्दुक प्रयोग गर्ने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पक्राउ परेयता राईलाई पुर्पक्षका लागि कारागार शाखा दिक्तेलमा राखिएको थियो ।