
बैसाख–२८, बिद्यालयमा परेको चट्याङका कारण खोटाङमा शिक्षक सहित पाँच घाईते भएका छन् । सोमबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर दुबेकोलस्थित गंगोद्धय माबिका शिक्षक रत्न थापामगर, कक्षा–६ की छात्रा कबिता पाण्डे, नबिना राई, प्रज्वल राई र शान्ता बिश्वकर्मा घाईते भएका हुन् ।
कक्षा शिक्षण सञ्चालन गरिरहेको बेलामा शिक्षक थापामगर र विद्यार्थी चट्याङको मारमा परेका व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिनुभयो । विद्यालय नजिकै राखिएको बिद्युतको ट्रान्फर्मरमा परेको चट्याङको अशरले शिक्षक तथा बिद्यार्थी घाईते बनेको निरौलाको भनाई छ ।
चट्याङका कारण टाउको र शरीरका बिभिन्न भागमा चोट लागेका शिक्षक तथा छात्राछात्रलाई उपचारकालागि जिल्ला अस्पताल लगिदैछ । चट्याङका कारण बेहोस बनेका ३९ छात्रछात्राको केही समयपछि होस खुलेको थियो । चट्याङका कारण स्थानीय सुनिता राई, प्रकाश नेपाली, अभिशेष बिश्वकर्मा, साबित्रा बिश्वकर्मा र अमृता बिश्वकर्मा समेत घाईते भएका छन् ।