जेठ–२०, सुनसरीमा आयोजन गरिएको क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सितोरियो करातेतर्फ खोटाङलाई तीन स्वर्ण प्राप्त भएको छ । इटहरीमा मंगलबार र बुधबार भएको क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सितोरियो करातेतर्फ जिल्लालाई तीन स्वर्ण, दुई कास्या र तीन रजत पदक प्राप्त भएको हो । 
प्रतियोगीतामा ५२ केजी समुहमा कोमितेतर्फ अर्जुन श्रेष्ठ, एकल कातातर्फ अर्जुन श्रेष्ठ र विद्याकला राईले जिल्लालाई स्वर्ण पदक दिलाएका हुन् । यस्तै, ५० केजी तौल समुहमा बिद्याकला राई र ४२ केजी समुहमा रोशन गुरुङले रजत तथा ४५ केजी तौल समुहमा जस्मिना राई, ४७ केजी समुहमा सुमन श्रेष्ठ र एकल काँतामा रोसन गुरुङले काँस्या पदक जितेका हुन् । 
प्रतियोगीतामा तीन स्वर्ण, दुई कास्या र तीन रजत पदक प्राप्त गरेको खोटाङले महिला र पुरुषतर्फ क्षेत्रमै समुह प्रथम स्थान हासिल गरेको नेपाल सितोरियो कराते संघका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो । प्रतियोगीतामा गत वर्ष खोटाङले एक कास्या मात्र हात पारेको थियो । संघले सहयोग जुटाएर दिक्तेलस्थित माटिकोरे कबर्ड हलमा चार लाख बढिको तातामी म्याट, ट्रयाक सुट, किक ब्याग, गमसिल, फस्र्ट एड बक्स, स्कोर सिट, स्कोर बोर्ड लगायतका खेलकुदका सामग्री जुटाएका कारण क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामामा नतिजा आफ्नोपक्षमा पार्न सहज भएको सहभागी खेलाडीहरुले बताएका छन् । 
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा जिल्लाले तेक्वान्दो, भलिबल र एथ्लेटिक्स खेलमा प्रतिष्पर्धा गरेको छ ।