खोटाङ, जेठ २८ । खोटाङ सदरमुकाम दिक्तेलमा नयाँ आइएमई सेवा थपिएको छ । हाम्रो खोटाङ कम्पनी प्रालिले बिहिबारदेखि व्यवस्थित कार्यालय स्थापना गरी आइएमई सेवा सुरु गरेको हो ।

बैद्धिक बिधिअनुशार प्रालिले आफ्नो सेवा आरम्भ गरेको छ । आकर्षक ‘डेकोरेसन’कासाथ सेवा थालेको कम्पनीले ग्लोबल आइएमई बैंकबाट दिइने सेवा समेत प्रबाह गर्ने तयारी गरेको हाम्रो खोटाङ कम्पनी प्रालिका ध्रुब श्रेष्ठले बताए ।
अम्बागाछीस्थित सालपा बिकास बैंक र सेञ्चुरी कमर्सियल बैंक रहेको भवनबाटै प्रालिले सेवा थालेको हो ।