खोटाङ, जेठ २८ । खोटाङको भगवती दिनानाथ उच्चमाबि खोटाङबजारको व्यवस्थापन समितिमा राजन बञ्जरा चयन भएका छन् ।
बुधबार भएको अभिभाबकको भेलाले बञ्जरालाई व्यवस्थापन समितिको अध्यक्षमा सर्वसहमत चयन गरेको हो । भेलाले डिल्लीप्रसाद ढकालको संयोजकत्वमा शिक्षक अभिभाबक संघ समेत गठन गरेको शिक्षक सन्तोष ढकालले जानकारी दिए ।
इलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख दिगम्बर यादवको प्रमुख आतिथ्य र व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शिव फुयालको सभापतित्वमा कार्यक्रम भएको थियो ।