
खोटाङ, जेठ २८ । सेञ्चुरी कमर्सियल बैंकले खोटाङको लामीडाँडामा शाखारहित सेवा सुरु गरेको छ ।
सदरमुकाम दिक्तेलमा शाखा सञ्चालन गर्दैआएको सेञ्चुरी बैंकले बुधबारदेखि लामीडाँडाबाट शाखारहित सेवा सुरु गरेको हो ।
शाखारहित सेवाबाट लामीडाँडाबाटै खाता खोल्न, बचत गर्न, भुक्तानी लिन र रेमिट्यान्स लगायतका सेवा प्रबाह सुरु गरिएको बैंकका शाखा प्रबन्धक फडिन्द्र थापाले जानकारी दिनुभयो । सेञ्चुरी कमर्सियल बैंकले लामीडाँडाबाट स–साना लघु व्यवसायकालागि समेत सहयोग गर्ने जनाएको छ ।