खोटाङ, जेठ ३० । खानी तथा भू–गर्भबिदले भूकम्पका कारण उच्चजोखिममा परेका खोटाङको मानवबस्ती पहिचानका काम थालेको छ ।
खानी तथा भू–गर्भबिभागले पठाएको दुई जना भू–गर्भबिदको टोलीले पश्चिमी गाबिस बाहुनीडाँडा पुगेर भूकम्पबाट उच्चजोखिमयुक्त बस्ती तथा आवास पहिचानका काम थालेको हो । महाभूकम्पका कारण अन्यन्त जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई अन्यत्र लगेर अस्थायी आवासको व्यवस्थापनकालागि स्थलगत अध्यायन थालेको बिभागले जनाएको छ । 
भूकम्पका कारण क्षतबिक्षत बनेको बाहुनीडाँडा–५ ट्याम्टुकमा पुःन ‘मानवबस्ती बनाउन सकिने सम्भावना भए–नभएको’ बिषयमा अध्यायनकालागि शुक्रबार भू–गर्भबिद पुगेका छन् । गत बैसाख–१२, १३ र २९ गतेको भूकम्प र त्यसका पराकम्पनका कारण सबै घर ढलेको बाहुनीडाँडाको ट्याम्टुकमा पुःन मानवबस्ती बसाल्न ‘योग्य वा अयोग्य’ रहेको पत्ता लगाउने काम गरिने भू–गर्भबिद नरेश महर्जनले बताउनुभयो । जिल्ला दैबीकप्रकोप उद्धार समितिका अनुशार भूकम्पले ट्याम्टुकका एकैबस्तीका २४ घर क्षतबिक्षत बनेर ढलेका छन् । भू–गर्भबिदको टोलीले उच्चजोखिममा परेका बस्तीको एकीकृत तथ्यांक तयार गरी अस्थायी बस्ती बसाउन सकिने ठाउँ वा आवासयोग्य क्षेत्रको समेत पहिचान गर्ने समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो । 
टोलीले दैबीकप्रकोप उद्धार समिति, सरोकारवाला, बिज्ञ लगायतबाट भूकम्पको जोखिम सम्बन्धी बिवरण र सुचना संकलन गर्ने बताएको छ ।