६ असार । पोखरामा आयोजना गरिएको राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सितोरियो करातेतर्फ खोटाङ जिल्लाले एक स्वर्णसहित चार पदक प्राप्त गरेको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सितोरियो करातेतर्फ जिल्लालाई एक स्वर्ण, दुई रजत र एक कास्य पदक प्राप्त भएको हो । प्रतियोगीतामा ५० केजी तौल समुहमा बिद्याकला राईले जिल्लालाई एक स्वर्ण दिलाएकी छन् । यस्तै, ५२ केजी समुहमा कोमिते र एकलकाँतातर्फ अर्जुन श्रेष्ठले दुई रजत तथा ४२ केजी समुहमा रोशन गुरुङले एक कास्य पदक जितेका हुन् । प्रतियोगीतामा पुर्वाञ्चल टिमले रितोरियो करातेतर्फ एक स्वर्ण, दुई रजत र चार कास्य हात पारेको नेपाल सितोरियो कराते संघका अध्यक्ष सञ्जयकुमार राईले बताए । 
प्रतियोगीतामा पुर्वाञ्चल टिम दोश्रो भएको संघका उपाध्यक्ष एबं टिम प्रशिक्षक मिलन कसजूले जानकारी दिए ।