

महासंघका जिल्ला अध्यक्ष दमन राईले ज्ञापनपत्र पढेर प्रजिअ सापकोटालाई बुझाउँदै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि महासंघ सदैव लागीपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो हाम्रो पहिलो चरणको आन्दोलन हो, यदि हाम्रो मागप्रति बेवास्ता गरिए महासंघले जस्तोसुकै आन्दोलन गर्न पनि पछि पर्दैन ।”
महासंघले बुझाएको ज्ञापनपत्र बुझ्नु हुँदै प्रजिअ सापकोटाले महासंघले बुझाएको ज्ञापनपत्र सम्बन्धित निकायमा पठाएर सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरुको मागप्रति म गम्भीर छु, प्रशासनको तर्फबाट गर्न सक्ने सहयोग तत्काल हुनेछु ।”
महासंघले नयाँ संविधानको मस्यौदामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित र आँच पु¥याउने बुँदाहरु हटाउन माग गर्दै सुझाव समेत पेश गरेको छ । विज्ञहरुको सुझावसहितको टिप्पणी समेत पेश गरिएको ज्ञापनपत्रको साथमा प्रारम्भिक मस्यौदा पनि पेश गरिएको छ ।