

दिनभर मजदुुरीको काम गरेर दिक्तेलबाट ट्याक्टर चढेका राई सोल्मास्थित सालधोत्रे भन्ने ठाउँमा पुुुगेर ओर्लन खोज्दा पछाडिको चक्काले किचेर ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् । मादक पदार्थ सेवन गरेका राई ट्याक्टरबाट ओर्लन खोज्दा अनियन्त्रित भइ चक्कामुनी परेको प्रहरीले अनुुमान गरेको छ ।
गएराति साँढे आठ बजेतिर भएको घटनापछि ट्याक्टर चालक अविचन्द्र दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक राईको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक यादव गौतमले जानकारी दिनुभयो ।
दुर्घटनामा परी राईको ज्यान गएपछि उनको श्रीमती र नाबालक छोराछोरीको बिचल्ली भएको छ । मृतक राईको दुई छोरा र तीन छोरी रहेको स्थानीयले जनाएका छन् ।