
साउन–१८, नेकपा एमाले खोटाङले जिल्लाका भूकम्प पिडितको अस्थायी घर टहरा बनाउन श्रम शिबिर सुरु गरेको छ । कुभिन्डे गाबिस पुगेर एमालेले गत बैसाख–१२ गतेको महाभूकम्पका कारण बिस्थापित बनेका पिडितको अस्थायी घर टहरा बनाउन सोमबारबाट श्रम शिबिर सुरु गरेको हो ।
भूकम्पका कारण बिस्थापित बनेका पिडितको सहयोगका लागि ‘भूकम्प पिडित पुःर्नस्थापना श्रम शिबिर’ चलाइएको एमाले जिल्ला अध्यक्ष बबी चामलीङले बताउनुभयो । दलित, अशक्त र बिरामीको बस्ती रहेको भूकम्प प्रभाबित क्षेत्र छनौट गरेर श्रम शिबिर चलाइएको हो ।
श्रम शिबिर अस्थायी आवास बनाउन नसकेर च्यातिएको पालमुनि बसिरहेका पिडितलाई लक्ष्यीत गरिएको चामलीङले जानकारी दिनुभयो । क्षेत्र नम्बर–१ मा भुकम्प पिडितलाई सहयोग गरेको पार्टीले क्षेत्र नम्बर–२ मा बाढी पिडितको पुःर्नस्थापनाकालागि श्रम शिबिर सञ्चालन गर्ने एमालेले जनाएको छ ।