भदौ ६ खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले भूकम्प पीडितका लागि नगद तथा जिन्सी सामग्री वितरण गरेको छ ।
गत बैशाख १२, १३ र २९ गते गएको भुकम्पमा परि पुर्ण रुपमा भौतिक क्षती भएका १०० घरपरिवार लाई पुनर्वासको लागि १५ हजार र अति आवश्यक जिन्सी सामग्री (गैर खाद्य सामग्री) वितरण गरेको हो । यस्तै, ८ सय घरपरिवार लाई त्रिपाल पनि वितरण गरेको छ ।
भुकम्प प्रभावित गाविस तथा नगरपालिकामा गरेको विस्तृत सर्बेक्षण तथ्याङ्कको आधारमा रेडक्रसको अन्तराष्ट्रिय महासंघको आर्थिक सहयोगमा भाद्र २ गते बाहुनीडाँडा, डिकुवा, बडहरे र दुर्छिमका पिडितहरुलाई बाहुनीडाँडा केन्द्रमा, भाद्र ३ गते अर्खौले, धितुङ, लामीडाँडा, खार्पा र नुनथलाका पिडितहरुलाई अर्खौले उपशाखाको भवनमा सामग्री वितरण गरिएको नेरेसो खोटाङका किरण श्रेष्ठले जानकारी दिए ।