भदौ– १४, नेपाल सितोरियो कराते संघ खोटाङलाई शुभेच्छुकबाट एक थान टिभी प्राप्त भएको छ । संघलाई नेर्पाका समाजसेबी भोगेन एक्लेले सिजी कम्पनीको २१ इन्चको टिभी सेट प्रदान गरेका हुन् । कबर्ड हलमै बसेर बिभिन्न प्रतियोगीतात्मक खेल हेर्ने सुबिधाकालागि समाजसेबी राईले सितोरियो खेलाडीलाई कलर टिभी प्रदान गरेका हुन् ।

टिभी प्राप्त भएपछि कबर्ड हलमै बसेर बिश्वमा सञ्चालन भइरहेका खेल हेर्न र ‘ट्याक्निक’ सिक्ने वाताबरण बनेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जय राईले बताए । सितोरियो संघमा जिल्लाका डेढ सय प्रशिक्षार्थी खेलाडीहरुले अभ्यास गर्दैआएका छन् । ‘टिभीको अभावमा हामी बिश्वमा भइरहेका गेम हेर्नबाट बञ्चित थियौँ,’ अध्यक्ष राईले भने, ‘अव यही कबर्ड हलमा बसेर गेम हेर्न सक्छौँ, हाम्रा खेलाडीहरुको क्षमतामा अझ सुधार आउने आशामा छौँ ।’

संघलाई यसअघि हङकङमा बसोबास गर्दैआएका सहयोगीबाट एक थान ‘फोर इन वान’ प्रिन्टर प्राप्त भएको थियो । हाल हङकङमा बसोबास गरिरहेका खोटाङ खार्ताम्छाका नवराज राईको संयोजकत्वमा सितोरियो कराते संघलाई प्रिन्टर, फ्याक्स, फोटोकपी र स्क्यानर सहितको एक थान प्रिन्टर प्राप्त भएको हो ।