भदौ–१६, ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त पन्ध्र वर्षपछि पक्राउ परेका छन् । खोटाङको निर्मलीडाँडा–८ का ४० वर्षीय राजेश राई पन्ध्र वर्षपछि बुधबार पक्राउ परेका हुन् ।

स्थानीय ४५ वर्षीय देवराज राईलाई मरनासन्न हुनेगरी कुटपिट गरी फरार रहेका उनलाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । उनले वि.सं. २०५८ साल मंसिर १ गते घरायसी विवादमा देवराजलाई निर्घात कुटपिट गरेका थिए ।

राजेशको कुटाइबाट देवराज बेहोस बनेपछि उनका आफन्तले राजेशविरुद्ध मंसिर १८ गते ज्यान मार्ने अभियोगको मुद्दा दर्ता गराएका थिए । राजेशको कुटाइबाट गम्भीर घाइते बनेका देवराजको जिल्ला अस्पताल खोटाङमा उपचार गरिएको थियो ।