
भदौ–१२, नेपाल बिद्यार्थी संघ खोटाङका मनोनित उपाध्यक्ष जीवन खत्रीले राजिनामा दिएका छन् । भदौ ६ र ७ गतेको बैठकबाट नेबिसंघको उपाध्यक्षमा मनोनित खत्रीले सोमबार राजीनामा दिएका हुन् ।
कांग्रेसको हस्तक्षेपमा विधान विपरित दुई गुणा पदाधिकारी चयन गरिएकाले नेबिसंघका जिल्ला अध्यक्ष समक्ष राजीनामा दिएको खत्रीले बताए ।
अन्य प्रस्तावमाथि सर्वसहमतीमा निर्णय भएपनि प्रस्ताव नम्बर ५ मा उल्लेखित उपाध्यक्ष, सचिव एबं कोषाध्यक्ष मनोनयन सम्वन्धी छलफलमा विधान र नियमावली विपरित निर्णय भएको राजीनामा पत्रमा उल्लेख छ ।
जिल्ला सदस्यबाट उपाध्यक्षमा मनोनित भएको केही दिनपछि राजीनामा दिएका खत्रीले राजीनामा स्वीकृत गर्न र विधान विपरित भएको निर्णय सच्याउन माग गरेका छन् ।