
काठमाडौं २४ भदौं । सभाषदसहितको खोटाङको एक प्रतिनिधि मण्डल र स्वीस राजदूत युर्स हेरेन सङबीच भेटवार्ता भएको छ ।
राजधानीमा बुधबार भएको भेटवार्तामा जिल्लामा लामो समयदेखि स्वीस डेभलपमेन्ट कर्पोरेशन (एसडीसी) को समिक्षा र आगामी कार्ययोजनाका विषयमा छलफल भएको सभाषद विशाल भट्टराईले जानकारी दिनुभयो ।
भेटमा प्रतिनिधि मण्डले धन्यवाद दिनका साथै कम्तीमा एउटा दक्षिण उत्तर बाटो कालोपत्र गरिदिन माग गरेका छन् । यसैगरी, शिक्षा लगायत क्षेत्रमा पनि योजना बढाउन आग्रह गरिएको बताइएको छ ।
सिडिएस आयोजना अन्तर्गत खोटाङमा लामो समयदेखि पुल निर्माण, साना सिँचाई योजना, स्तरउन्नतीका सिप तथा तालिम, तथा सशक्तिकरण लगायत क्षेत्रमा काम हुँदै आएका छन् ।