खोटाङ, भदौ २६– भ¥याङ नाट्या समुहले खोटाङ सदरमुकाम दिक्तेलमा ‘मान्छेको मन’ नामक नाटक मञ्चन सुरु गरेको छ । पछिल्लो समय सडक नाटक तथा हाँस्याव्यंग्या प्रहसन देखाउँदै आएका युवायुवतीको क्रियासिलतामा स्थापना गरिएको नाट्या समुहले जिल्लामा दोश्रोपल्ट स्टेजमा उत्रिएर नाटक मञ्चन सुरु
गरेको हो । नाट्या समुहले सदरमुकाम दिक्तेलस्थित जिबिसको हलमा आईतबार साँझसम्म महिला हिंसा सम्बन्धी नाटक मञ्चन गर्ने भ¥याङ नाट्या समुहका कोषाध्यक्ष योगीन राईले जानकारी दिनुभयो ।
शुल्क लिएर हेर्ने व्यवस्था मिलाइएको नाटकमा बहुबिवाह, कुटपिट लगायतका घरेलुहिंसालाई चित्रण गरिएको छ । नाटकमा स्थानीय कलाकारको अभिनय हेर्ने दर्शकको बाक्लिो सहभागीता रहेको छ । नाटक मञ्चनसँगै किरात राई साँस्कृतिक कलाकेन्द्रको नृत्य, स्थानीय गायक÷गायीकाको सांगीतिक प्रस्तुती एबं हाँस्याव्यांग्य प्रहसन प्रस्तुत भइरहेको छ ।