
खोटाङ, भदौ ३० । खोटाङको पाथेका स्वास्थ्यचौकीको भवन उदघाटन गरिएको छ । १ करोड ४१ लाखको लागतमा निर्माण गरिएको स्वास्थ्यचौकीको पक्की भवन मंगलबार उदघाटन गरिएको हो ।
सरकारको निति अनुशार स्तरोन्नती भएको स्वास्थ्यचौकीको नयाँ व्यवस्थित भवन जिल्ला जनस्वास्थ्य कार्यालयका डा. माधव लम्सालले उदघाटन गरेका हुन् । बिरामी भर्ना कक्ष, जाँचकक्ष, उपचार कक्ष, ड्रेसिङ कक्ष, क्षयरोगको प्रत्यक्ष निगरानी कक्ष, बर्थिङ कक्ष, स्वास्थ्यकर्मीको क्वाटर लगायतका छुट्टाछुट्टै कोठा भएको भवन निर्माण भएको स्वास्थ्यचौकीका अहेव बिष्णुप्रसाद सुबेदीले बताए ।
भवन उदघाटन कार्यक्रममा निशुल्क जग्गादाता रमण गिरी, बमप्रसाद गिरी, जितेन्द्रकुमार गिरी, डम्बर गिरी, बिष्णु गिरी। अर्जुन गिरी र जयन्त गिरीलाई सम्मान गरिएको छ । व्यवस्थित भवन बनेपछि पाथेका र छिमेकी गाबिसका स्थानीयलाई उपचारकालागि सहज वाताबरण बनेको स्थानीय नवयुवाफुलपाती सेवा समाजका अध्यक्ष धनप्रसाद गिरीले बताए ।
जिल्लाका उपस्वास्थ्यचौकी स्वास्थ्यचौकीमा स्तरोन्नती भएसँगै सोही अनुशारको भवन बनाउनेक्रम जारी छ । एक अस्पताल, दुई प्राथमिक स्वास्थ्यकेन्द्र, २४ स्वास्थ्यचौकी सहित ७६ स्वास्थ्यसंस्था रहेको जिल्लाका ४७ उपस्वास्थ्य चौकीलाई एकैसाथ स्तरोन्नती गरिएको छ । गत साउनबाट लागू हुनेगरी जिल्लाका ४७ उपस्वास्थ्यचौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नती गरिएको हो ।