खोटाङ, असोज ४, नयाँ संबिधान जारी भएको खुसीयालीमा खोटाङमा खुसीयाली जुलुस निकालिएको छ । लामो समयपछि संबिधान जारी भएको खुसीयालीमा सोमबार कांग्रेस, एमाले र एमाओबादीको संयुक्त आयोजनामा सदरमुकाम दिक्तेलमा जुलुस निकालिएको हो । संबिधानको भव्य स्वागतमा निकालिएको हर्ष ¥यालीले सदरमुकाम दिक्तेल परिक्रमा गरेको छ । तीन दलको अगुवाईमा आयोजना गरिएको ¥यालीमा सरकारी कार्यालय, बाणिज्य संघ, गैर–सरकारी संस्था महासंघ लगायतका संघसंस्थाको सहभागीता रह्यो ।

दिक्तेलको हेलीप्याडमा आयोजना गरिएको खुसीयालीसभामा उपस्थित स्थानीय ।

हाटडाँडा, पुरानोबैंकचोक, रत्नपार्क लगायतका स्थान परिक्रमापछि ¥याली स्थानीय हेलीप्याडमा पुगेर कोणसभामा परिणत भएको थियो । बेला–बेलामा झरी परेपनि स्थानीयको उल्लेख्य सहभागीता रहेको थियो ।

स्थानीय हेलीप्याडमा आयोजित कार्यक्रममा एमालेका बैकल्पिक केन्द्रीय सदस्य राजन राई, कांग्रेस सभापति बिष्णुकुमार राई, एमालेका जिल्ला अध्यक्ष बबी चामलीङ, एमाओबादीका कोषाध्यक्ष दिपक पाण्डे लगायतले सम्बोधन गरेका छन् । नयाँ संबिधान पाएको खुसीयालीमा तीन दिन अघिदेखि नै स्वागत कार्यक्रमहरु भइरहेका छन् । अर्कातर्फ संबिधानको बिपक्ष पार्टी संघीय समाजबादी फोरम, नेकपा माओबादी बैध र नेकपा माओबादी बिप्लव समुहले पनि दिक्तेलमा छुट्टै बिरोध जुलुस प्रदर्शनपछि संबिधान जलाएका छन् । तीन ठूला दलको जुलुस सभामा परिणत भएपछि बिपक्षी दलले नेकपा–माओबादीको पार्टी कार्यालय अगाडी संबिधान जलाएका छन् । त्रिबेणीचोकमा हस्तक्षेप गरेपछि संबिधान जलाउन नपाएका आन्दोलनरत दलले दोश्रो स्थानमा जनाएका हुन् । 

संबिधानको स्वागतमा दिक्तेलमा निकालिएको संयुक्त र्‍याली ।

 

संबिधानको स्वागतमा आईतबार साँझ खोटाङ सदरमुकाम दिक्तेलमा सडकमा कोरिएको नेपालको नक्सामाथि बत्ती बालेर दिपावली गर्दै बालबालिका ।
संबिधानको स्वागतमा दिक्तेलमा निकालिएको संयुक्त र्‍याली । 
संबिधानको स्वागतमा खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरिएको संयुक्तसभामा उपस्थित भएका स्थानीय महिला ।
नयाँ संबिधानको स्वागतमा खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरिएको खुसीयालीसभामा संगीनि नाच्दै दिक्तेलका महिला ।
संबिधानको स्वागतमा दिक्तेलमा निकालिएको संयुक्त र्‍याली ।
तस्बिरः हाम्रो खोटाङ डटकम