खोटाङ, असोज ११, खोटाङको हलेसीमा बिहान–बिहान फोन नलाग्ने समस्याबाट उपभोक्ता मारमा परेका छन् । दैनिक बिहान ८-९ बजेसम्म नेपाल टेलीककमद्धारा बितरित स्काई तथा नमस्ते फोन नलाग्ने समस्यबाट हलेसी बजारका उपभोक्ता मारमा परेका हुन् । फोनको टावर गएपछि महिनौंदेखि बिहान–बिहान हलेसीका उपभोक्ता सञ्चार सेवाबाट बञ्चित हुँदैआएको स्थानीय शिक्षक सन्देश नाछिरिङ राईले बताउनुभयो । 
हलेसीमा कहिलेकही बेलुका समेत फोनको टावर जाने गरेको छ । हलेसीमा कतिपय ग्राहकको ल्याण्डलाइन फोनमा समेत समस्या आएको छ । समस्यका बिषयमा जानकारी गराउँदा नेपाल टेलीकमले बेवास्ता गरेको स्थानीयले बताएका छन् । हलेसीकै अमलाडाँडामा राखिएको टावर र छिमेकी जिल्ला ओखलढुंगाको टावरमा आएको खराबीका कारण फोनमा समस्या आएको अनुमान गरिएको छ ।