खोटाङ, असोज–२६, टायर पंचर हुँदा खोटाङको खानीडाँडा बिमानस्थलमा रोकिएको सिम्रिक एयरको जहाज काठ्माण्डौं फर्किएको छ । हेलीकोप्टरमार्फत काठ्माण्डौंबाट पांग्रा ल्याएर पुःमर्मत गरिएपछि खानीडाँडामा १७ घण्टा रोकिएको जहाज मंगलबार बिहान फर्किएको हो ।
टायर पंचर भएको सिम्रिकको जहाज । |
सम्रिक एयरको जहाज सोमबार दिउँसो साँढे १ बजे ल्याण्ड गर्नेक्रममा पछाडिको दुई वटा पांग्रा पंचर भएपछि खानीडाँडामा रोकिएको थियो । टायर पंचर भएपछि एक रात बास परेको जहाज मंगलबार बिहान ७ः३० बजे यात्रुसहित काठ्माण्डौं फर्किएको बिमानस्थल सुरक्षार्थ खटिएका प्रहरीले जनाएको छ ।
टायर पंचर भएपछि केही समय दायाँ–बायाँ मोडिन खोजेको जहाज पुःन नियन्त्रणमा आएको प्रत्यक्षदर्शी एबं बिमानस्थल सुरक्षार्थ खटिएका प्रहरी सहायक निरिक्षक गुणराज कट्वालले बताउनु भयो । तत्काल नियन्त्रणमा आएका कारण जहाज दुर्घटनाबाट जोगिएको थियो । केही हप्ताअघि पनि नेपाल एयरलाईन्सको जहाजको ढोका बिग्रिएपछि मर्मत गरेर काठ्माण्डौं फर्काइएको थियो ।