खोटाङ भदौ–२०, खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दिक्तेलबजारको अल्छेढुङ्गाबाट रत्नपार्कतर्फ लागेको को २ त १३८८ नम्बरको खाली ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गाको जिरो प्वाइन्ट नजिक दुर्घटना हुँदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका ट्याक्टर चालक २२ वर्षीय प्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 
ट्याक्टर सडकबाट करिब १० मिटर तल खस्दा गम्भीर घाइते भएका चालकको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटैमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताउनुभयो । मंगलवार राती करिव एक वजे उक्त ट्याक्टर दुर्घटना भएको थियो । 
दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ४ खाल्लेका २० वर्षीय सहचालक सुजन राई गम्भीर घाइते भएका छन् । घाईंतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।