खोटाङ, कार्तिक । जिल्ला बिकास समिति खोटाङले डिजिटल सुचना पार्टी सञ्चालनमा ल्याएको छ । कार्यालयबाट प्रबाह हुने दैनिक कामकाजलाई पारदर्शी बनाउनकालागि जिबिसले सोमबारबाट डिजिटल सुचना पाटी सञ्चालनमा ल्याइएको हो । 
कामका सिलसिलामा आउने सेवाग्राहीमा सुचनाको पहुँच अभिबृद्धि गर्न सञ्चालनमा ल्याइएको सुचना पार्टी प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले ‘रिमोट’ चलाएर उदघाटन गर्नुभएको हो । कार्यालयीय कामलाई पारदर्शी र सुशासनयुक्त बनाउनकालागि डिजिटल सुचना पार्टी सञ्चालनमा ल्याइएको स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो । सुचनाको प्रबिधिको प्रयोगलाई बढावा दिन समेत सेवाग्राहीको नजर पर्ने स्थानमा सुचना पार्टी राखिएको छ । 
नागरिक वडापत्र, जिबिसको बार्षिक कार्यक्रम तथा बजेट अख्तियारी, योजना सम्बन्धी बिवरण, कार्यालयमा रहेको पेश्की सम्बन्धी बिवरण, समसामयीक सुचना तथा जानकारी डिजिटल सुचना पार्टीमार्फत नै दिइने स्थानीय बिकास अधिकारी पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा प्रजिअ खड्का, जिल्ला शिक्षा अधिकारी दिपक दाहाल, डिएसपी बिद्यानन्द माझी, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, बरिष्ठ पत्रकार कृष्ण आचार्य लगायतले सुचना पार्टीको प्रभावकारी निरन्तरताको शुभकामना दिनुभएको छ ।