खोटाङ भदौ–२०, खोटाङस्थित रावाबेंसी गाउँपालिका–३ रम्भुवाघाटस्थित दुधकोशी किनारमा वेवारीसे शव भेटिएको छ । अन्दाजी २६–२७ वर्षिय पुरुषको शव मंगलवार बेवारीसे अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी नायव निरीक्षक नारायण प्रसाद कोइरालाले  ।

पाँच करिव पाँच फीट पाँच इन्च उचाईको पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाई छ । कोशी किनारमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेको स्थानीय टीवन राईले उल्लेख गर्नुभएको छ । बेवारीसे सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।

शवको शरीर मोटो र वर्ण गहुँगोरो रहेको जनाईएको छ ।