राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौटको बाँकी प्रक्रिया सुरु

कात्तिक २० । जिल्ला खेलकुद विकास समिति खोटाङले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट सहभागी हुने खेलाडी छनौंटको बाँकी प्रक्रिया अगाडी बढाएको छ ।
खेलाडी छनौंटको प्रक्रिया अन्तरगत बाँकी रहेका फुटबल र सितोरियो कराँते खेलाडी छनौंट सुरुवात भएको हो ।
समितिले यहि कात्तिक–२२ गते फुटबल तथा २३ र २४ गते सितोरियो कराँतेका खेलाडी छनौंट गर्ने तयारी
गरेको हुँदा सम्पूर्ण खेलाडीहरुका लागि सूचना जारी समेत गरेको छ ।
छनौट सम्बन्धी थप जानकारी लागि कार्यलयको फोन नम्बरः ०३६–४२०३१६ तथा मोवाईल नम्बरः ९८६२८१८५६३÷९७४३०२३९७३ मा सम्पर्क गर्न सकिने कार्यालयले जानकारी दिएको छ ।