खोटाङको च्यास्मीटार–४ दाल्फुस्थित श्रृजनात्मक एकता युवा सेवा समाजलाई आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ ।

दाल्फु घर भइ बिभिन्न पेशामा आवद्ध पेशाकर्मीबाट संस्थागत बिकासका लागि समाजलाई आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको हो । गैर–सरकारी संस्था महासंघमा आवद्ध लेखराज राई र सामुदायीक बन सहजकर्ता खबिराज राईले संस्थागत बिकासका लागि समाजलाई ५ हजार ७५ रुपैयाँ प्रदान गरेका छन् ।

समाजलाई रकम हस्तान्तरण गर्दै खबिराज र लेखराज (बायाँ) । तस्बिर: खोटाङखबर 

उनीहरुले यसपल्टको तिहारमा आयोजना गरिएको देउसी कार्यक्रम समापनको अवसरमा शनिबार सहयोग रकम प्रदान गरेका हुन् । यस्तै, स्थानीय एबं नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, स्वयं समाजका अध्यक्ष रसकुमा राई र महेन्द्र राईले समाजलाई १४ हजार ८ सयको साउण्ड सिस्टम हस्तान्तरण गरेका छन् । दाल्फुका युवाले बिभिन्न गाबिसमा आयोजना गरिएको भलिबल प्रतियोगीतामा जितेको दुई हजार पाँच सय रुपैयाँ पनि समाजलाई नै हस्तान्तरण गरेको छ ।

दर्ताको तयारी अन्तिम चरणमा पुगेको संस्थालाई सबैभन्दा बढि आर्थिक सहयोग दुर्गाप्रसाद राई, बशन्त राई, प्रतापसिं राई, सोनाम राई लगायत १० जना सहयोगीहरुलाई समाजले सम्मान गरेको छ । यसपल्टको तिहारमा खेलिएको देउसीबाट १९ हजार ५७० जम्मा भएको श्रृजनात्मक एकता युवा सेवा समाजले जनाएको छ । देउसी तथा सहयोगीबाट प्राप्त भएको रकममध्ये खर्च कटाएर २२ हजार ५६५ बाँकी रहेको समाजका सचिव खबिराज राईले बताए ।