खोटाङ, मंसिर ५। नेकपा एमाले खोटाङले हृदयघातका कारण ज्यान गुमाएका नेता युवराज पोखरेलको ४५ औं पुण्यतिथिमा श्रद्धाञ्जलीसभा गरेको छ ।
एमाले पाथेका गाउँ कमिटिको अधिबेसनका लागि जाँदै गरेको अवस्थामा हृदयघातका कारण गत असोज–२१ गते तालखर्कमा निधन भएका नेता पोखरेलको सम्झनामा एमालेले शनिबार दिक्तेलस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा गरेको हो ।
 एमाले बैकल्पीक केन्द्रीय सदस्य राजन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका बक्ताहरुले स्वर्गीय नेता पोखरेलको ईमान्दारित, लोकप्रियता, सदाचारिता र स्वच्छ छबीका बिषयमा चर्चा गरेका छन् । 
उनीहरुले नेता पोखरेलले कर्तव्यपरायणता र उहाँले देखाएको बाटोमा हिँड्न सकेमात्र उनको सच्चा सम्मान हुने बताएका छन् । कार्यक्रममा एमाले केन्द्रीय बैकल्पिक केन्द्रीय सदस्य राजन राई, एमाले जिल्ला अध्यक्ष बबी चामलीङ, दलित नेता चर्च बिश्वकर्मा, युवा नेता दिलचक्र राई, गोपाल आचार्य, पत्रकार हरिबोल आचार्य लगायतले मन्तव्य दिनुभएको थियो । 
एमाले जिल्ला सचिवालय सदस्य एबं जिफन्टका सगरमाथा अञ्चल कमिटि उप–सचिव रहेका पोखरेलको हिँड्दाहिँड्दै अकस्मात ढले लगत्तै निधन भएको थियो । २०१३ साल असोज–२२ गते कुभिण्डे–३ मा जन्मिएका पोखरेलको गत असोज–२१ गते निधन भएको हो । २०३० सालदेखि विद्यार्थीबाट राजनीति सुरु गरेका पोखरेलले जिल्लामा मजदुरको हकहितका बिषयमा बढि वकालत गर्दै आएका थिए ।