उहाँ निर्वाचनमा कुल ४०८ मत प्राप्त गरेर केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएको हो ।
२० वर्षदेखि निरन्तर सामाजिक सेवामा समर्पित रिजालले मंगलबार काठमाडौंमा भएको महासंघको महाधिवेसनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएको थियो ।
गैससमहासंघ खोटाङका पुर्वअध्यक्ष एबं बालसेवा समाज नेपालका अध्यक्ष रहेका रिजाल जिल्लामा सामाजिक अभियान्ता, ग्रामिण बिकासका विज्ञ, प्रष्ट बक्ता, उत्कृष्ट सहजकर्ता, गैससका सवाललाई स्पष्ट र बलियोतरिकाले प्रस्तुत गर्ने व्यक्तीकारुपमा परिचित हुनुहुन्छ ।
२० वर्षदेखि जिल्लामा बसेर सामाजिक अभियानमा क्रियासिल रहेकै कारण रिजाल मंसिर–२ गते राष्ट्रिय ग्रामिण बिकास पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ ।
नेर्पा–३ का रिजालले नेतृत्व गरिसकेको गैसस जिल्ला शाखाले यसपल्ट गैससमहासंघ केन्द्रीय समितिले अधिबेसनकै क्रममा सोमबार पुर्वाञ्चलमै उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ ।