
हत्या गर्ने हातहरू, बुद्ध बन्नु पर्छ
मातिएका लातहरू, बुद्ध बन्नु पर्छ,
मातिएका लातहरू, बुद्ध बन्नु पर्छ,
आपसी प्रेमले मात्र शान्ति ल्याउछ
क्रोधाग्निमा जल्नेहरू, बुद्ध बन्नु पर्छ,
क्रोधाग्निमा जल्नेहरू, बुद्ध बन्नु पर्छ,
आतंक फैलाएर हृदय जित्न सकिन्न
बम बारूद बोक्नेहरू, बुद्ध बन्नु पर्छ,
बम बारूद बोक्नेहरू, बुद्ध बन्नु पर्छ,
घमण्ड र अहंकारले नोक्सान गर्दछ
बदला लिने सोचहरू, बुद्ध बन्नु पर्छ,
बदला लिने सोचहरू, बुद्ध बन्नु पर्छ,
हर समस्याको समाधान हिंसा हैन
रगत पिउने छुराहरू, बुद्ध बन्नु पर्छ,
रगत पिउने छुराहरू, बुद्ध बन्नु पर्छ,
– युनिक अज्ञात