खोटाङ जेठ–१२, नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि दुव्र्यवहार भएको भनिएको घटनामा दोहोरो बिज्ञप्ति जारी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी राईलाई सोही ठेगानाका पूर्ण राईले गाली–गलौज गरी कठालोमा समात्दै दुब्र्यवहार गरेको भनी गरिएको भत्र्सनामा विज्ञप्ति जारी भए लगत्तै नेता राईकै बिपक्षमा अर्को विज्ञप्ति जारी भएको हो ।

बुधबार राती करिब ११ बजे भएको उक्त घटनाको भत्र्सना तथा निन्दा गर्दै जिल्लास्थित लोकतान्त्रिक गठबन्धनले दोषिमाथि कार्बाहीको माग गरी बिज्ञप्ति जारी गरेको थियो । बिहिबार बिहान संयुक्त बिज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले घटनाको भत्र्सना गरेको केही समयपछि दिउँसो नेकपा एमालेले अर्को विज्ञप्ति जारी गरेको हो ।
नेता राई लगायत घटनामा संलग्नलाई कार्वाहीको दायरामा ल्याउन भन्दै नेकपा एमालेको जिल्ला अध्यक्ष राम दंगालको हस्ताक्षरमा बिज्ञप्ति सार्वजानिक गरेको हो । एमालेको विज्ञप्ति अनुसार नेकपा एमाले वडा कमिटी सदस्य पुर्णबहादुर राईलाई गठबन्धन आफैले कुटेर मरणासन्न बनाई आफैले विज्ञप्ति निकालेको हो । माओवादी नेता टंक राई लगायत अम्बिका राई, धनिराम राई, पदम विक र विवेक राईले जालपास्थित बाक्सिला दुमी होटलमा घाइते राईलाई मरणासन्न
हुनेगरी कुटपिट गरी घटनालाई छिपाउन र अन्यन्त्र मोड्न खोजेको एमाले खोटाङले विज्ञप्ति मार्फत जनाएको छ । घटना सुनियोजित र योजनाबद्ध रहेको एमाले खोटाङले उल्लेख गरेको छ ।
घटनालाई कु–प्रचार गरी सत्य–तथ्यलाई कमजोर बनाउन चार दलीय गठबन्धन लागि परेको एमालेको बिज्ञप्तिमा भनिएको छ । घाइते राई जिल्ला अस्पताल खोटाङमा उपचाररत छन् ।
यता, कांग्रेसका जिल्ला सभापति बिष्णु राई, माओबादी केन्द्रका जिल्ला संयोजक दिपक पाण्डे(आकास), एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जलशेर राई र जसपाका जिल्ला अध्यक्ष टंक थापाको हस्ताक्षर रहेको बिज्ञप्तिमा घटनाको सत्य–तथ्य पत्ता लगाई दोषिमाथि कडा कार्वाहीको माग गरिएको छ ।
घटनाको बारेमा दुवैपक्षबाट एकले अर्कोलाई दोषि ठह¥याउने काम भईरहेको र सत्य–तथ्य बुझ्न आवश्यक प्रक्रिया अगाडी बढाईरहेको प्रहरीको भनाई छ ।।