खोटाङ, मंसिर २६ । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसमा भारी शुल्क बृद्धि गरिएको भन्दै बिद्यार्थी संगठनले बिरोध गरेका छन् ।
क्याम्पस सञ्चालक समितिले ७० प्रतिशतभन्दा बढि शुल्क बृद्धि गरेको भन्दै क्याम्पसमा क्रियासिल नेपाल बिद्यार्थी संघ, अनेरास्वबियु, अनेरास्वबियु क्रान्तीकारी र अग्रगामी बिद्यार्थी युनियनले बिरोध जनाएका हुन् ।
निम्न आर्थिक स्तरका बिद्यार्थीको ढाड सेक्नेगरी बृद्धि गरिएको शुल्क सोमबारसम्ममा घटाउनकालागि विद्यार्थी संगठनले क्याम्पसलाई ज्ञापनपत्र बुझाएर अल्टिमेटम दिएका छन् । संगठनले निर्णय सच्याएर साबिककै शुल्क कामय गरी सर्वसुलभरुपमा अध्ययन गर्ने वाताबरण मिलाउन क्याम्पस सञ्चालक समितिको ध्यानाकर्षण गराएको छ । सोमबारसम्ममा शुल्क बृद्धि सम्बन्धी निर्णय नसच्याइए कडा संघर्षका कार्यक्रम गरिने नेपाल बिद्यार्थी संघका सभापति राजकुमार राईले बताउनुभयो ।