सडक मिचेर बनाइएको टहरा हटाइयो

खोटाङ, मंसिर २६ । खोटाङको दिक्तेल नगरपालिकाले बीना इजाजत सडकछेउमा निर्माण गरिएका टहरा हटाएको छ ।
नगरपालिकाले इजाजत नलिइ दिक्तेल–खोटाङबजार सडक अन्तरगत अल्छेढुंगा–अस्पताल खण्डमा सडक मिचेर बनाइएको टहरा हटाएको हो ।
 दिक्तेल–खोटाङबजार सडक आसपासमा सडककोबीचबाट दायाँ–बायाँ साढे ११ मिटर भाग छाड्नुपर्नेमा बिना अनुमती साँढे ४ मिटर मात्र छोडेर टहरा बनाइएको पाइएकाले पछाडि हटाइएको दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले बताए ।
सडक अधिकार क्षेत्रभित्र बीना अनुमती र मापदण्ड विपरित टहरा बनाएको गुनासो बढ्दै गएपछि नगरपालिकाले त्यस्ता टहरा हटाउन अभियान थालेको हो ।
नगरपालिकाका अनुशार दिक्तेल–खोटाङबजार सडक आसपासमा टहरा बनाउनकालागि साढे ११ मिटर र सटरवाला घर निर्माणकालागि १२ मिटर जग्गा छोड्नुपर्ने हुन्छ । यस्तै, मध्यपहाडी लोकमार्गको आसपासमा भने बीचबाट दायाँ–बायाँ २५ मिटर छाडेर मात्र घर टहरा निर्माण गर्न पाइने कार्यकारी अधिकृत ढकालले बताए ।