

परिषदले कृषि, सडक, खानेपानी, स्वास्थ्य लगायतलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको सामुदायीक स्वयंसेबक तिर्सना राईले जानकारी दिनुभयो । सांसद बिशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको परिषदले कृषिलाई २ लाख ४२ हजार ८ सय, खानेपानीलाई ९० हजार, एम्बुलेन्स खरिदलाई ७३ हजार, सडकलाई ६० हजार, स्वास्थ्यचौकी मर्मतकालागि ३० हजार, प्रहरीचौकी मर्मतकालागि १४ हजार लगायतका बजेट बिनियोजन गरेको छ । परिषद गाबिस सचिव कृष्णप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।