खोटाङ जेठ –, १, खोटाङ,
खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार बिजय हासिल गर्नुएको छ । गठबन्धनबाट माओवादी केन्द्रकी अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का बिजयी हुनुभएको हो ।
अरुणादेबीले २८ सय ८१ मत र खड्काले २८ सय ५ मत प्राप्त गर्नुभएको छ । निटकतम प्रतिद्धन्द्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले २५ सय ७५ मत र उपाध्यक्षका उम्मेदवार बिमला राईले २४ सय ९५ मत लिनुभएको छ ।

राप्रपाका भक्तबहादुर खड्काले १३ मत पाउनुभएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बिजयी शंखबहादुर र बिमलालाई एमालेले पुःन दोश्रो कार्यकालका लागि यथास्थानमा टिकट दिएको थियो । जन्तेढुंगा गाउँपालिकाका ६ वडामध्ये एक वडामा मात्र एमालेको उम्मेदवार बिजयी बनेको जनाईएको छ ।
जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा माओवादी केन्द्रका केदारमान राई, जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा माओवादी केन्द्रका मस्तबहादुर राई, जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा कांग्रेसका तारामान राई, जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा एमालेका बिदुरमान राई, जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा कांग्रेसका धनबहादुर राई र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा कांग्रेसका सागर राई वडाध्यक्षमा बिजयी हुनुभएको छ ।।