खोटाङ बैशाख–३१,

खोटाङको बराहपोखरी गाउँपालिका–१ पौवासेरामा गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेदवार फौदराज राई वडाध्यक्ष चुनिएका छन् ।
उनले ६३४ मत ल्याएर गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष चुनिएका हुन् । निर्वाचनमा उनको प्यानल नै बिजयी भएको हो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।
गठबन्धनले जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा खाता खोलिसकेको छ । देबिस्थानमा गठबन्धनकातर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार केदारमान राई वडाध्यक्षमा विजयी बनेका हुन् । उनी ४ सय ५९ मत ल्याएर वडाध्यक्षमा विजयी बनेका हुन् ।। नेपाल वाईड डट कमबाट