बैशाख–३१, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३० मत गणना हुँदा ७ मत बदर भएको छ । १५ वडा रहेको नगरपालिकाको १ नम्बर वडाको मत गणना हुँदा ४ दलीय गठबन्धनको मत बदर भएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आज दिउँसो १ बजे शुरु गरिएको नगरपालिकाको मत गणनामा नेकपा एमालेको १८ र गठबन्धनको १२ मत आएको जनाईएको छ । दुई नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा मत गणना जारी रहेको छ । मतदाता शिक्षा नभएकाले जिल्लामा धेरै मत बदर हुने स्थानीय बताउँछन् ।

जिल्लामा कांग्रेस, माओबादी , जनता समाजबादी र नेकपा एकीकृत समाजबादीको गठबन्धन रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमाले भने एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् ।