वैसाख । खोटाङको रावाबेँसी गाउँपालिकामा अध्यक्ष चार र उपाध्यक्षमा पनि चार जनाको मनोनयन परेको छ । कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा माओवादी केन्द्रबाट उपाध्यक्षमा लिलानारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् भने एमालेबाट अध्यक्षमा हरिकुमार पोखेल र उपाध्यक्षमा कौशिलाकुमारी गुरुङ, जसपाबाट अध्यक्षमा मोहनकुमार गुरुङ र उपाध्यक्षमा झुमा नेपालको उम्मेद्वारी दर्ता भएको छ ।

यस्तै, राप्रपाबाट अध्यक्षमा भक्तबहादुर गुरुङ र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा बिनोद राईको उम्मेद्वारी परेको छ । गाउँपालिकामा कुल १०८ जनाको मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ।