ब्लग
काठमाडौं । माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्विटर, फेसबुक जस्तै निक्कै नै प्रख्यात छ । छोटो शब्दमा रोचक कुरा पस्कन मिल्ने, तथा विभिन्न लिंकका साथै सूचना जानकारी र अन्तरक्रिया सहज मानिएको ट्विटरमा नेपाली प्रयोगकर्ता लाखौं सख्यामा छन् ।
हाम्रो खोटाङडटकमले पनि यसको सहजतालाई ध्यानमा राखेर कोलम सञ्चालनमा ल्याएको छ ।
के हुन्छ ट्विटरमा #Khotang राख्दा ?
ट्विटरका विभिन्न सिम्बोलिक भाषा अर्थात कोडहरु छन् । जसमध्ये, ह्यासट्याग (#) पनि एक हो । जसलाई (#) चिह्नले चिनिने गरिन्छ । कुनैपनि पोष्ट (ट्विट) लेखेर तपाईले ह्यास लेखि कुनै शब्द लेख्नुभयो भने त्यो एउटा ग्रुप जस्तै बन्छ । अरु कसैले # गरेर जुन ग्रुप खोज्छन् भने त्यसमा ह्यास प्रयोग गरिएका सबै कुरा क्रमश आउने गर्छ ।
यसैगरी, अब तपाईहरुले ट्विटरमा केही लेखेर वा लिंक सेयर गरेर #Khotang गर्नुभयो भने जुन कुरा सिँधै हाम्रोखोटाङ डटकमको होमपेजमा पनि देखिने छ । जसमा लिंक तथा फोटो हेर्न भने सम्बन्धित लिंक क्लिक गर्नु पर्नेहुन्छ । 
ट्विटरमा #Khotang लेखेर गरिएका ट्विटहरु हाम्रोखोटाङ डटकम अनलाइनको होमपेजमा
यो कोलम खोटाङ सम्बन्धि कुराकानी तथा विषयहरु यस अनलाइनका पाठकले सिँधै हेर्न पाउन भनेर थप गरिएको हो । तपाईले पनि खोटाङ सम्बन्धी विषयमा #Khotang प्रयोग गर्न सक्नुहुनेछ, साथै खोटाङ सम्बन्धी समाचार, गतिविधि तथा जानकारी भए हामीलाई इमेल ([email protected]) मार्फत पठाउन सक्नुहुनेछ । तथा हाम्रा प्रतिनिधिहरु मार्फत पनि समाचार तथा सूचना दिन सक्नुहुनेछ ।