खोटाङ १३ पुस । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । दिक्तेलमा सोमबार सम्पन्न बैठकले संगठन निर्माण तथा जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । 
यस्तै, प्रशिक्षक कार्यक्रम, आर्थिक संकलन अभियान तथा अखिल उदघोष पत्रिका प्रकाशन गर्ने निर्णय पनि गरेको अनेरास्ववियू नेता मिलन राईले हाम्रोखोटाङ डटकमलाई जानकारी दिए ।
अनेरास्ववियूको राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बैठक बसेको हो । अनेरास्ववियूको माघ २७ र २८ गते २२ औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।