खोटाङ २३ माघ । खोटाङ प्रदेश निर्वाचन क्षेत्र नम्बर क र ख बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यद्धय राजन राई र पासाङ राई
प्रदेश १ सरकारको मन्त्रीमा नियुक्त भएका छन् ।

खोटाङको प्रदेश क्षेत्र ‘क’ बाट निर्वाचित प्रदेश सदस्य राजन राई सामाजिक बिकास मन्त्रीमा नियुक्त भएका हुन्। नेकपा एमाले निकट अखिल हुँदै राजनीति सुरु गरेका उनी तत्कालीन नेकपा एमाले खोटाङको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य र सचिव हुँदै नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । एमाले विभाजन हुँदा उनले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनी एकीकृत समाजवादीको पोलिटव्यूरो सदस्य र प्रदेश १ उपाध्यक्ष छन् ।

यस्तै, खोटाङको प्रदेश क्षेत्र ‘ख’ बाट निर्वाचित प्रदेश सदस्य रामकुमार राई (पासाङ) खानेपानी तथा सिंचाई उर्जा मन्त्रीमा नियुक्त भएका छन्। पासाङ नेकपा माओवादी केन्द्रबाट प्रदेश सदस्यमा निर्वाचित भएका हुन्। उनी माओवादी केन्द्रको केन्दीय सदस्य हुन् भने संविधानसभा सदस्य समेत रहेका थिए ।

मुख्यमन्त्री राजेन्द्र राईले आइतार प्रदेश एकको मन्त्रीमण्डल विस्तार गरेका हुन् । उनले मन्त्रीमण्डललाई पूर्णता दिएका छन् ।