काठमाडौं १२ माघ । खोटाङमा स्थानीय तहहरुमध्ये सबैभन्दा धेरै जनसंख्या दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रहेको पाइएको छ भने सबैभन्दा कम साकेला गाउँपालिकामा रहेको छ ।

तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ४३ हजार २ सय ९५ रहेको छ । जसमा पुरुष २१ हजार ३ सय ४५ रहेको छ भने महिला २१ हजार ९ सय ५० रहेको छ । घरजसंख्या ९ हजार ७ सय ७५ रहेको छ भने परिवार संख्या १० हजार ७ सय १९ रहेको छ ।
यस्तै, हलेसी नगरपालिकाको जनसंख्या २७ हजार २ सय ७४, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको १६ हजार ५ सय ४९, ऐसेलुखर्क गाउँपालिकाको १३ हजार ५ सय ८१, बराहपोखरी गाउँपालिकाको ११ हजार ४ सय ६१ रहेको छ ।

यसैगरी, जन्तेढुंगा गाउँपालिकाको १२ हजार ६६, केपिलासगढी गाउँपालिकाको १३ हजार ३ सय ३९, खोटेहाङ गाउँपालिकाको १६ हजार ९ सय ५२, रावाबेसी गाउँपालिकाको ११ हजार २ सय १८ रहेको छ ।

सबैभन्दा कम जनसंख्या रहेको पालिका साकेला गाउँपालिकाको जनसंख्या ९ हजार ६ सय ५ रहेको छ । जसमा पुरुष ४ हजार ८ सय १९ रहेका छन् भने महिलाको संख्या ४ हजार ७ सय ८६ रहेका छन् ।
हेर्नुहोस् तालिका